काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेमा मेलुङ गाउँपालिका वडा नम्बर ४, भेडपुबाट नेपाली काङ्ग्रेस परित्याग गरि काङ्ग्रेसको नेता कृष्णबहादुर थापा, पार्टी सचिव शम्भु खड्का, नेता रुद्रबहादुर तामाङ, चक्र बहादुर थापा, दिपेन्द्र बहादुर थापा, बल बहादुर गोले, टीका बहादुर गोले तामाङ, दान बहादुर अधिकारी, केशव थापा, धनबहादुर त्रिखत्री, अर्जुन नेपाली, रमेश तिखत्री, चित्र नेपाली राप्रपा प्रवेश गरेका हुन् ।
त्यस्तै नेकपा एमाले परित्याग गरि नेतृ सितादेवी भन्डारी, नुप्क्री तामाङ, दीपेन्द्र थापा, यादव कार्की, अर्जुन बहादुर दाहाल राप्रपा पार्टी प्रवेश गरेका हुन् । त्यसैगरी नेकपा माओवादी परित्याग गरि माओवादीको नेता मोहन बहादुर खत्री, रामकृष्ण दाहाल, कुलबहादुर अधिकारी, सुवास घिसिङ राप्रपा प्रवेश गरेका हुन् ।
त्यस्तै मेलुङ गाउँपालिका वडा नम्बर एक पोवटीबाट नेकपा एमाले परित्याग गरी बेलबहादुर बस्नेत, सुदर्शन थपलिया, रामचन्द्र थपलिया, पुष्कर थपलिया, राजेन्द्र बस्नेत र नेपाली काङ्ग्रेस परित्याग गरी कुमार बस्नेत लगायत १०० जना भन्दा बढीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा सदस्यता, टीका खादा माला लगाई पार्टी अध्यक्ष लिङ्देनले पार्टी प्रवेश गराएका हुन् ।


प्रतिक्रिया