काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा बिगु काठमाडौं सम्पर्क समाज गठन भएको छ । बिहीबार राप्रपा केन्द्रीय कार्यालय धुम्वाराहीमा भएको कार्यक्रममा पार्टी महामन्त्री भुवन पाठकले प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै आगामी निर्वाचनमा राप्रपा मुलुकको अग्रणी शक्तिको रूपमा उदाउने बताए ।
उनले कांग्रेस कम्युनिष्टदेखि वाक्क भएको जनताको विकल्प राप्रपा भएको वताए । उनले सुशासन, समृद्धि, हिन्दूराष्ट्र, राजसंस्थाको मुद्दा लिएर राप्रपा जनताको घरदैलो जाने वताए । कार्यक्रममा प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचार मुक्त मुलुक वनाउने अभियानमा राप्रपा भएको वताए । राप्रपा सहायक महामन्त्री विजय खड्काले अथाह सम्भावना भएको विगुवासीले अब विकल्प रोज्नुपर्ने वताए ।
विगत ३१ वर्षमा काग्रेस कम्युनिष्टले पालैपालो ब्रम्हलुट गरेको वताउदै जल,जमिल,जनशक्ति ,जडीबुटी र पर्यटनको धनी विगुवासीलाई कांग्रेस कम्युनिष्टको भ्रष्टाचार र कुशासनले चरम दोहन गरेको वताए । समृद्ध विगु वनाउन अब सवैले राप्रपा रोज्नुपर्ने पनि उनले वताए । कार्यक्रममा राप्रपा सहायक प्रवक्ता प्रविण थोकर लगाएत वक्ताहरूले धारणा राखेका थिए । राप्रपा दोलखा काठमाडौ सम्पर्क समाजका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता देवेन्द्र खडकाले उद्घघोषण गरेका थिए ।
राप्रपा बिगु – काठमाडौ सम्पर्क समाजको अधिवेशनले अध्यक्ष रामकाजी केसी, उपाध्यक्ष मोतीलाल श्रेष्ठ,उपाध्यक्ष नारायण गिरी, सचिव अनिल वस्नेत, सह–सचिव, अभिनास खड्का, पुस्कर श्रेष्ठ,गोविन्द श्रेष्ठ, कोषाध्यक्ष – गायत्री खड्का, सह–कोषाध्यक्ष अनुज खड्का
लगायत २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यक्रममा काग्रेस–कम्युनिस्ट परित्याग गरि ३१ जना बिगुवासी राप्रपा प्रवेश गरेका थिए।


प्रतिक्रिया