ललितपुर । नेपाली कांग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार खुमलटारमा आयोजित कार्यक्रममा अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिँदै गएको बताए ।
मधेसमा मात्र नभई देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ । यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वर प्रसाद साह कानू सहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरि सुदूरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट छन् ।

प्रतिक्रिया