‘नयाँ राप्रपा’ले केही गर्छ भन्ने जनअपेक्षा छः लावती



पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले उर्जाशील युवा नेतृत्वको बलमा राप्रपा भरपर्दो विकल्पको रुपमा जनतामाझ स्थापित हुने बताए ।

‘राप्रपाले नयाँ, युवा नेतृत्व प्राप्त गरे लगत्तै पार्टीको पक्षमा लहर सिर्जना भएको छ । बास्तवमा राप्रपा चर्चाको केन्द्रबिन्दूमा छ । नयाँ राप्रपाले केही गर्छ भन्ने जनअपेक्षा छ । यही लहर र उर्जाको बलमा राप्रपा जनतमाझ स्थापित हुनेछ,’ राप्रपाका केन्द्रीय सदस्य लावतीले भने ।

‘दुई सय वर्षभन्दा बढी समय सम्पन्न प्रजातान्त्रिक अभ्यासले सम्वर्द्धनवाद उत्कृष्ट राजनीतिक दर्शन रहेको स्थापित गरेको छ,’ कुम्मायक गाउँपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै लावतीले भने ।

‘अठारौं शताब्दीको अन्त्यतिर फ्रान्स र बेलायतमा बिजारोपण भएको यो दर्शन मूलतः राजसंस्था, धर्म, संसदीय प्रजातन्त्र र नीजि सम्पत्तिको सम्वद्र्धन, प्रवद्र्धनमा आधारित छ । विश्वका उन्नत प्रजातन्त्र, समृद्ध, समावेशी समाजहरु राजा सहितको प्रजातन्त्र अनुकूल व्यवस्थामा अभ्यस्त छ,’ उनले भने ।

पछिल्लो समय नेपालमा धर्म, सँस्कृति, परम्परा, सम्पदा नास्ने गलत कार्य भएको भन्दै नेता लावतीले यस्तो विचार प्रस्तुत गरेका हुन् । आयातित विचार र सँस्कारले देशलाई भड्खालोमा हाल्यो भन्ने उनको भनाइ थियो ।

सम्बोधन कै क्रममा आन्तरिक प्रतिस्पर्धा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै लावतीले एक ढिक्का भएर जनसम्पर्क र जनपरीचालनमा अग्रसर हुनु पर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

प्रचण्ड सरकारको पक्षमा रहेको देखाउन जसपाको उपेन्द्र र राई पक्षबीच तँछाडमछाड

काठमाडौँ । विभाजित दुबै जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएका

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन म आफैं उच्चस्तरको कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता