रुपन्देही-२ को कांग्रेस सभापतिमा लम्साल पुनः निर्वाचित



बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ को अध्यक्षमा हरि लम्साल पुनः अध्यक्ष निर्वाचित भएका छन् । लम्सालले ४०२ मत पाउदा काजिमान श्रेष्ठले २४२ मत पाए। । सोमबार भएको निर्वाचनको मंगलबार राति अवेर आएको परिणाम अनुसार सचिव पदमा प्रजापाल गिरी र बिमलराज भटराई निर्वाचित भएका छन् ।

त्यसैगरी सहसचिव पदमा मिलन थापा,राज बहादुर क्षेत्री विजयी भएका छन् । सचिवमा निर्वाचित गिरी देउवा समूहका हुन् भने भट्टराई पौडेलले समूहबाट उम्मेदवारी दिएका थिए । सदस्य खुल्ला सदस्यहरुमा विवेश पुरी(भरत) हिमाल गैरे र पुरन शाही विजयी भएका छन् ।

त्यसैगरी खस आर्य पुरुषबाट यज्ञप्रसाद खनाल र राजेन्द्रप्रसाद रिजाल, खस आर्य महिलाबाट अनिता केसी,आदिवासी जनजाति महिलाबाट लक्ष्मी श्रेष्ठ,आदिवासी जनजाति पुरुषबाट टेकबहादुर रेस्मी दलित सदस्यमा ओम प्रकाश विक निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिमा कुलप्रसाद लामिछाने, रीता सेन, सावित्रा टण्डन, जमुना ढकाल बालकुमारी भण्डारी, माया गौतम,नुमा थापा, रोमणी प्रसाद पाठक, गुप्तबहादुर क्षेत्री, डिल्ली प्रसाद शर्मा, गंगा गुरुङ, महेश थैव, नारायण प्रसाद पुन गोकर्ण पौडेल, चिरञ्जीवी शर्मा पौडेल, चुन्न प्रसाद पौडेल,दीर्घ बहादुर केसी कुमार , प्रकाश राना, सुन्दर गहतराज रामवली चौधरी  फणीन्द्र प्रसाद शर्मा, महेशमान सिंह, रामबहादुर कार्की हरिबहादुर आचार्य क्षेत्री विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै