काठमाडौं । मंसिरको १५–१७ मा तय भएको राप्रपाको महाअधिवेशनको लागि प्रदेशशभा अन्तरगत सक्रिय सदस्यको आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया आजदेखि सुरु भएको छ ।
यो प्रक्रिया मंसिर ८ गतेसम्म चल्नेछ । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले महाधिवेशनको १५ गते संयुक्तरुपमा उद्घाटन गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी करिव चार हजार पाँच सयभन्दा बढी प्रतिनिधिले भाग लिनेछन् । काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने महाधिवेशनमा देश तथा विदेश गरी ४५ सयभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने प्रचार विभागका सदस्य जनकराज पाठकले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन १५ जना प्रतिनिधि विदेशवाट समेत नेपाल आउने छन् ।’
उनका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने प्रतिनिधिबाहेक अन्य सवै महाधिवेशन प्रतिनिधिको टुंगो ८ गतेसम्म लागिसक्ने छ । अध्यक्षत्रयले कुल प्रतिनिधिको ५ प्रतिशत सदस्य महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछन् । उनका अनुसार महाधिवेशनमा सहभागी हुने ७ सय ५३ गाउँपालिकाको अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको छ ।
सक्रिय सदस्यको मतदानमार्फत प्रत्येक प्रदेशसभा स्तरबाट चयन हुने ९–९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधिका लागि भने मंसिर ६ वाट सुरु भयको प्रक्रिया ८ गते टुंगिने छ। सुुरु प्रक्रियाले ३ सय ३० प्रदेशबाट ९–९ जना महाधिवेशन प्रतिनिधि चयन गर्ने पाठकले बताए । पाठकका अनुसार प्रत्येक प्रदेशसभाबाट खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक नौ जना प्रतिनिधि चयन हुनेछन् भने तोकिएको सक्रिय सदस्यता भन्दा बराबर थप गरेको स्थानबाट क्रमशः १,१ थपिदै जानेछन् ।
राप्रपाले १५ प्रतिनिधि प्रवासबाट र अधिवेशन सम्पन्न गरेका भ्रातृ संगठनबाट ५ जनाको प्रतिनिधि पार्टी महाधिवेशनमा सहभागी हुने पाठकले जानकारी दिए । राजसंस्था सहितको हिन्दराष्ट्रको पक्षमा देखिएको राप्रपाको नेतृत्वमा भने यसपाली निकै रस्साकस्सि देखिन्छ। नेतृत्वको कारण पटक,पटक फुट्दै आएको राप्रपामा यसपल्ट पशुपतिशमशेर राणा,डा.प्रकाशचन्द्र लोहनी,कमल थापाको अलावा राजेन्द्र लिङदेल,धवल शमशेर राणाले समेत प्रतिस्पर्धा गर्ने चर्चा छ। दुई दल एकीकरण पछि हुन लागेको एकता महाधिवेशन भएको कारण नेतृत्व सर्वसम्मत होस् भन्ने आम कार्यकर्ताको आसय रहेको यद्दपी यसो हुन नसके प्रजातान्त्रिक प्रक्रिया रहेको प्रचार समितिका सदस्य जनकराज पाठक वताउँछन् ।

प्रतिक्रिया