अदालतमा राजनीतिक हस्तक्षेप नदेखियोस् भन्ने हाम्रो चाहना हो : प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताएका छन् । चितवनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालतमा देखिएको समस्या अदालतभित्र बाटै समाधान हुनुपर्ने बताएका हुन् ।

उनले भने, “अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरुले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो ।”

अदालतमा देखिएको समस्याप्रति दलहरु चिन्तित रहेको उनको भनाइ थियो । उनले भने, “गठबन्धनका तर्फबाट हामीले बनाएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्न हाम्रो चाहना रहेको बताइसकेका छौँ ।”

केही दिनभित्र नै समस्या समाधान हुने आशा रहेको उनको भनाइ थियो । उनले चाँडै समस्या समाधान गर्न अपील गरिएको बताए । उनले एमसिसीको विषयमा सर्वदलीय बैठकले टुङ्गो लगाउने जानकारी दिए । उनले भने, “एमसीसी त्यति ठूलो समस्या हो भन्ने लाग्दैन, सर्वदलीय, सर्वपक्षीय छलफलबाट यसको टुङ्गो लाग्छ ।” नेकपा (एमाले)को महाधिवेशनपछि हुने सर्वदलीय बैठकमा यस विषयमा छलफल भएर अघि बढ्ने उनको भनाइ थियो ।

उनले भने, “सुरुवातमा गरिएको समझदारी र पछि भएको समझदारीमा देखिएको विवादमा मात्रै केही समस्या हो ।” पछिल्लो समय भएको समझदारीमा देखिएको अन्तरविरोधका कारण समस्या आएको उनको भनाइ थियो ।

उनले भने, “हामी अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने चाहँदैनौँ ।” नेपाल र अमेरिकाबीचको सम्बन्ध ७५ वर्ष पुरानो रहेको जनाउँदै उनले एमसीसीको समस्या समाधान हुने विश्वास व्यक्त गरे । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्ने उनले विश्वास व्यक्त गरे ।

वडा, नगर हुँदै हुने अधिवेशनलगत्तै राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने उनले बताए । नेपाल कम्युनिष्ट पार्टीसँग एकता हुन लागेको हो भन्ने पत्रकारको प्रश्नमा उनले सहकार्य भएर अघि बढ्ने बताए । उनले भने, “विप्लवजीसँग मेरो नियमित जसो सम्पर्क भएको छ, अहिले भर्खर पार्टी एकता भन्ने होइन, सहकार्य गरेर जानुपर्छ भन्ने हो ।” बिस्तारै परिवर्तनका मुद्दामा सहकार्य गर्दै जाँदा एकता हुन पनि सक्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।