काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको संयोजक शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय सदस्य घोषणा भएको छ ।
सङ्गठनका उपाध्यक्षमा प्रकाश खतिवडा, उपाध्यक्ष शितल साह, महिला उपाध्यक्षमा भवानी कार्की, समावेशी उपाध्यक्षमा बुद्धिवीर वाहिङ राई, उपत्यका उपाध्यक्षमा शान्तराम बिडारी, प्रदेश उपाध्यक्षमा तीर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर महासचिवमा भूपराज खड्का, उपमहासचिवद्वय तेजप्रसाद वाग्ले र उर्मिला कुँवर, कोषाध्यक्ष कृष्णराज गौतम, सचिवत्रय सुभाषप्रसाद साह, उत्तरसिंह विष्ट र गोविन्द चौलागाईं छन् ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सञ्चार जगतले मुलुकको राष्ट्रियता तथा जनजीविकाको पक्षमा कलम चलउनुपर्नेमा जोड दिए । उनले न्यायलयमा भइरहेको विवादले न्यायिक क्षेत्र कुरुप बन्दै गइरहेकाले प्रधानन्यायाधीशले राजिनामा दिएर निकास दिनुपर्ने बताए । सङ्गठनका संयोजक शम्भु श्रेष्ठले श्रमजीवी पत्रकारको पक्षमा आफ्नो सङ्गठनले देशभर गतिविधिलाई सञ्चालन गर्ने जानकारी दिए ।

प्रतिक्रिया