नेपाल संवतलाई मौलिक संवतका रूपमा प्रवद्र्धन गर्नुपर्छः अध्यक्ष बिजुक्छे



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिछुक्छेले मुलुकको मौलिक संवत्का रूपमा नेपाल संवत्लाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको नेपाल संवतको भित्तेपात्रो विमोचन कार्यक्रममा अध्यक्ष बिजुक्छेले यस संवतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न सकेमा देशको गौरव बढ्ने विश्वास व्यक्त गरे । अध्यक्ष बिजुक्छेले सबै जाति, समुदायका वेषभूषा तथा संस्कृतिले मुलुकमा समाजिक सद्भाव र एकता कायम राख्न सहयोग पुर्याउने उल्लेख गरे ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राष्ट्रिय संवत्का रूपमा स्थापित नेपाल संवत्का विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिए । पुस्तकालयका अध्यक्ष सुनिल महर्जनले चन्द्रागिरि तथा त्यस आसपास क्षेत्रका स्थानीयवासीलाई विभिन्न सूचना तथा ज्ञान अभिवृद्धि गराउन पुस्तकालयको भूमिका रहेको बताए ।

उक्त पुस्तकालयमा आर्थिक अभावका कारण खोजमूलक कृति सङ्कलन गर्न नसकेको सो अवसरमा महर्जनले जानकारी गराए । कार्यक्रममा नेवारी संस्कृतिर्लाइ समेटेर सङ्कलन गरिएका विभिन्न तस्वीरका प्रदर्शनी गरिनुकासाथै प्रतियोगिताका उत्कृष्टलाई पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।