जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बेलायत जाँदै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा  जलवायु परिवर्तसम्बन्धी सम्मेलनमा सहभागी हुन आज बेलायत जाँदै छन् । बेलायतको शहर ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा आज त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत छन् ।

प्रधानमन्त्री देउवाले यही कात्तिक १५ र १६ गते हुने वर्ल्ड लिडर समिटमा सम्बोधन गर्नेछन् । सम्बोधनको क्रममा उनले नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण, तथा अनुकूलनका लागि गर्नुपर्ने उपाय लगायतका विषयमा धारणा राख्नेछन् । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय

कोशीमा नयाँ सरकार गठन गर्न एमाले र माओवादीको माग

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौंः प्रमुख सचेतक लेखक

काठमाडौँ । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले वैकल्पि गठबन्धनकाबारेमा एमालेसँग कुनै ठोस