एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । एमालेको ६ हजारभन्दा वडा र ६ सयभन्दा धेरै पालिकामा अधिवेशन गरिसकेको छ ।

अधिकांश स्थानमा अधिवेशन सर्वसम्मत भएको छ । बाँकी रहेका वडा र पालिकाको अधिवेशन कार्तिकभित्र सक्ने नेताहरुले बताएका छन् ।  बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा पनि छलफल हुने सचिव तामाङले जानकारी दिए । दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार