दोलखाली युवामा जसपाप्रति बढ्दो आकर्षण


काठमाडौं । दोलखामा नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र राप्रपा परित्याग गरी १४० जाना भन्दा बढी युवा नेता तथा कार्यकर्ताले जनता समाजवादी पार्टी रोजेका छन्।

नव प्रवेशी दोलखाली नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एक्काइसौं शताब्दीको जनचेतना अनुसार समग्र राजनीतिमा वैकल्पिक बिचार र कार्यदिशाबारे पार्टीको आधिकारिक धारणा राख्दै पुरातनवादी शैलीका दलबाट आधुनिक नेपाली समाजको हितमा निकास र विकास दिन नसक्ने हुँदा हाम्रो पार्टी लगायत अन्य पार्टीका युवा शक्तिहरुले पनि आफ्नो पार्टी पंक्तिमा हस्तक्षेप गर्दै नयाँ चेतनाबाट अघि बढ्न जरुरी रहेको बताए ।

सबै पार्टीमा युवाको नेतृत्व अपरिहार्य हुन्छ ! नव प्रवेशी युवाहरुलाई क्षमताको आधारमा जसपा पार्टीले जिम्मेवारी तोक्ने छ भन्दै जसपा केन्द्रीय सदस्य आङ्डेन्डी शेर्पाले युवाको योग्यता र लगनशीलता, इमानदारीताको आधारमा रोजगारी सिर्जना गर्ने कुरामा पार्टीको ध्यान केन्द्रित गरे । बागमती प्रदेश सदस्य तथा पार्टीको गैर भूड्ड बागमतीका उपाध्यक्ष ठाकुर प्रसाद पोखरेलले आफ्नो धारणा राख्दै, ’’संघीयता, सुशासन, समृद्धि र समुन्नत समाजबाद“ लाई कार्यान्वयनका लागि युवा शक्तिको महत्वपूर्ण भूमिका रहने छ तर युवाहरुको चाहना र चेतनाको सम्मान गर्न नसके पार्टी भित्र विद्रोहका लागि पनि तत्पर हुनुपर्छ भन्दै नेतृत्वले कार्यकर्ताको भावना विपरीत क्रियाकलाप गरे काङ्ग्रेस र कम्युनिस्टको कार्यकर्ता झै लम्पट भतुवा कार्यकर्ता भएर जसपाका युवाहरु नबस्ने हुनुपर्छ, त्यस्ता पार्टीलाई खरानी बनाउने ताकत् युवा शक्तिसँग हुनु पर्छ भन्दै उर्जा प्रदान गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता जसपा युवा संघ बागमती प्रदेश सदस्य तथा दोलखा युवा शक्तिका निवर्तमान अध्यक्ष शिवराम थापाले गरेका थिए भने कार्यक्रमको संचालन तथा उद्घोषण आयोजकको तर्फबाट युवा संघ बागमती प्रदेश कोषाध्यक्ष शिवहरि थापाले गरेका थिए ।