विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ : बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरियन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरियन्ट जन्मन सक्ने बताएका हुन् ।

उनले भनेका छन्, देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसंग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरियन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरियन्ट जन्मन सक्छ ! देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौं ! ख्याल राखौं–अरूलाई खाने बाघले आफूलाई पनि खानसक्छ !’