प्रदेश दुईमा जसपाका १० सांसद लोकतान्त्रिक समाजवादीमा


जनकपुरधाम । प्रदेश दुईमा जनता समाजवादी पार्टी (जसपा) का १० जना सांसदले प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा सनाखत गरेका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरसँगको छलफलपछि बुधबार १० जना प्रदेश सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने जसपाका सांसदहरुमा परमेश्वर साह, जयनुल राइन, गौरी नरायण साह, सुरिता साह, निलम भूमिहारनि, रमेश कुर्मी, बाबुलाल साह, अल्का कुमारी झा, बबिताकुमारी चौधरी र जानकी शरण साह रहेका छन् ।

निर्वाचन कार्यालय पुगेका प्रदेश सांसदहरु जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्माले भने सनाखत गराएनन् । बाँकी प्रदेश सांसदहरुलाई ल्याएर सँगै तीनै जनाले सनाखत गर्ने लोसपा कार्यकारिणी सदस्य एवम् प्रदेश सांसद जितेन्द्र सोनलले जानकारी दिए । उनका अनुसार प्रदेश सांसद रानी शर्मा जनकपुर आउन नसकेका कारण निर्वाचन कार्यालय पुगेर पनि सनाखत नगरेका हुन् ।