राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बर्षा जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उनले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना पनि गरे । मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचितरूपले प्रयोग गर्न गृहमन्त्री खाँणले अग्रह गरे ।

अविरल वर्षापछि बाढी, पहिरो र डुबानले प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाणले छलफल गर्नाका साथै प्रजिअहरू नवलपरासी पूर्वका माया भट्टराई पङ्गेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आश्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)