काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुने बताएका छन् ।
सामाजिक संजालमार्फत रावलले पार्टी कुनै व्यक्ति विशेषको नहुने र व्यक्ति विशेषका गल्ती–कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले नमान्ने बताएका छन् ।
उनले भनेका छन्, ‘कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुनेछ । पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती–कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले मान्दैन ।’
थप संलग्न कविताबाटः


प्रतिक्रिया