महाधिवेशनमा हुने प्रतिष्पर्धाकै कारण राप्रपा फुट्दैनः अध्यक्ष राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले महाधिवेशनपछि खरो रुपमा प्रस्तुत भएर राप्रपा जनतामाफ स्थापित हुने दावी गरेका छन् ।

‘एकतृत राप्रपाले महाधिवेशनको हाँक पूरा गरेर, आगामी स्थानीय निर्वाचनमा राप्रपा के हो भनेर देखाएरै छाड्ने छ । जनताको चाहना, देशको परिस्थिति, अन्य दलहरुको अवस्था, यी सबै कारणबाट उभार ल्याउने पार्टी भनेको, अब राप्रपा मात्र हो,’ अध्यक्ष राणाले राप्रपाको सोमबार सम्पन्न कार्य सम्पादन समितिको वैठकलाई सम्बोधन गर्दै भने ।

‘महाधिवेशनबाट प्राप्त उर्जाबाट खरो रुपमा प्रस्तुत भएर, एक ढिक्का राप्रपा जनतामाझ स्थापित हुने छ,’ राणाले जोड दिएर भने ।

पार्टी एकतालाई लिएर कार्यकर्तामाझ चिन्ता देखिए पनि, महाधिवेशनमा हुने प्रतिष्पर्धाकै कारण राप्रपा नफुट्ने अध्यक्ष राणाले दावी गरे ।

‘महाधिवेशनमा प्रतिष्पर्धा हुनु स्वभाविक हो, प्रजातन्त्र भनेकै प्रतिष्पर्धा हो,’ उनले भने । ‘अध्यक्ष पदमा दुई, चार, पाँच, जति जना उठ्छन्, सबै उम्मेद्वारसँग चुनाव हारे पनि पार्टी नफुटाउने प्रतिवद्धता माग गर्नुहोस् । नभए कार्यकर्ता तहबाट उम्मेद्वारी स्वीकार नगर्नुहोस् । प्रजातान्त्रिक मान्यता अनुरुप हार, जित स्वीकार गरेपछि, पार्टी फुट्ने कुनै गुञ्जाइसै रहन्न ।’

कम्युनिष्टहरु टुटफुटबाट गुज्रिरहेको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष राणाले भने, ‘नेपाली कांग्रेसले बाटो खुला देखेको होला । तर, एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन । गठबन्धनका सबै दलका सबै सांसदलाई मन्त्री चाहिएको छ । त्यसैले हेर्दै जाउँ, नेपाली कांग्रेसको हालको हाई हाई, अबको चार, पाँच महिनामै फिक्का साबित हुनेछ ।’

आइतबारबाट आरम्भ भएको राप्रपाको दुई दिने कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ । राप्रपाको महाधिवेशन कार्तिक २७, २८, २९ र ३० गतेलाई तय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका