काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आज छलफल जारी छ ।
माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने कार्यसूची छ । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । समूहका नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन् ।
यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो । बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानकाबारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया