माओवादीको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ ।  माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार बसेको स्थायी समितिको बैठकले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने निर्णय गरेको थियो ।  बैठकमा अध्यक्ष प्रचण्डले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।