नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने


काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठक यही साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ । पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।