प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता भएको हो ।
भेटमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल भएको बताइएको छ । सत्ता साझेदारमध्येको एक घटक जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगिएकाले उपेन्द्र यादव पक्ष सरकारमा जाने तयारीमा छ ।
उपेन्द्र यादवसहित कांग्रेस र माओवादी केन्द्रलाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेको सन्दर्भमा उनीहरुबीच भेटवार्ता भएको हो।