काठमाडौं । क्रियाशील सदस्यता वितरणलाई असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग गरेका छन् । अमरेशलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने घोषणा उनीहरुले गरेका छन् ।
पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अमरेशले बुधबार पार्टी सभापति देउवा समक्ष राजीनामा बुझाएका थिए । कांग्रेसबाट प्रदेशका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता/कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन् ।




प्रतिक्रिया