ओली सरकारले गरेका राजदूत नियुक्ति खारेज
काठमाडौँ । संसदीय प्रक्रिया छलेर ओली सरकारले ११ मुलुकका सिफारिस गरेका राजदूतको नियुक्ति सरकारले खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति खारेज गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार राजदूत सिफारिस भएकाहरुको सम्बन्धित मुलुकमा एग्रिमो का लागि पत्राचार समेत गरिएको थियो ।
ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूत सिफारिस गरेको थियो ।