प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । उनी शुक्रबार बिहान बूढानीलकण्ठबाट बालुवाटार सरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।