पूर्वप्रधानमन्त्री भट्टराई र विप्लवबीच भेटवार्ता



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

नेता धर्मेन्द्र बास्तोलालाई लिएर विप्लव शुक्रबार विहान भट्टराई निवास पुगेका थिए । पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् । बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका विप्लवले बिहीबार प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालसँग संयुक्त छलफल गरेका थिए ।

विप्लवले ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा नेताहरुसँग भेटघाटलाई तीव्र बनाएका छन् । विप्लवले राजनीतिक बन्दी रिहाइ र मुद्दा फिर्तालगायतका सहमित कार्यान्वयन गर्न माग गर्दै आएका छन् । त्यस्तै विप्लवले कम्युनिष्ट पार्टीहरुको एकताकाबारेमासमेत छलफल अघि बढाएका बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा

संविधान संशोधनमार्फत प्रदेशसभाको संरचनामा व्यापक परिवर्तन गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको

वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम अनुमोदन, समितिको निर्णयमा जसपा र रास्वपाको फरक मत

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ जना राजदूतहरूको नाम बहुमतले अनुमोदन गरेको