पूर्वप्रधानमन्त्री भट्टराई र विप्लवबीच भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
नेता धर्मेन्द्र बास्तोलालाई लिएर विप्लव शुक्रबार विहान भट्टराई निवास पुगेका थिए । पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् । बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका विप्लवले बिहीबार प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालसँग संयुक्त छलफल गरेका थिए ।
विप्लवले ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा नेताहरुसँग भेटघाटलाई तीव्र बनाएका छन् । विप्लवले राजनीतिक बन्दी रिहाइ र मुद्दा फिर्तालगायतका सहमित कार्यान्वयन गर्न माग गर्दै आएका छन् । त्यस्तै विप्लवले कम्युनिष्ट पार्टीहरुको एकताकाबारेमासमेत छलफल अघि बढाएका बताइएको छ ।