एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । ओलीले शुक्रबार दिउसो ३ बजेका लागि बैठक बोलाएका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । असार २८ गते सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका ओलीले पार्टीभित्रकै नेताका कारण आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका थिए । तर नेपाल पक्षले भने बैठकमा जाने नजानेबारे कुनै निर्णय गरेको छैन ।