कांग्रेस पदाधिकारी बैठक स्थगित


काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको जानकारी दिएका छन् ।

उनका अनुसार अब बैठक शुक्रबार बस्ने छ । यसअघि भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न भन्दै आज दिउँसो २ बजे बैठक बोलाइएको थियो । शुक्रबार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।