सरकारविरुद्ध नेविसंघद्वारा काठमाडौंमा मसाल जुलुससहित प्रदर्शन


काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित काठमाडौँमा प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेको हो।

मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत जलाइएको छ । त्यसक्रममा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच नेविसंघका महामन्त्री दीपक भट्टराईले पक्राउ परेका विद्यार्थीको रिहाइको माग गरेका छन् ।