क्रियाशील सदस्यताको मापदण्ड टुंग्याउन कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । आवश्यक तयारी नपुगेको जनाउँदै बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिए ।

बैठकका बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ ।

छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएकोे छ । कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ ।