निमको बोट रोपेर आँप फल्दैन : भीम आचार्य


काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले २० मन्त्रीको बर्खास्त टुप्पोमा टेकेर फेद काट्दाको परिणाम भएको टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत आचार्यले प्रतिनिधिसभा विघटन, पार्टीभित्रको अन्तरकलह र गुमेकको शासकीय क्षमताका कारण सर्वोच्चको यस्तो फैसला आएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘प्रतिनिधिसभाको विघटन, पार्टी भित्रको अन्तरकलह, गुमेको शासकीय क्षमता र वैधानिकताको परिणाम २० जना मन्त्री बर्खास्त । टुप्पोमा टेकेर फेद काट्न थाल्दा बजारिने बाहेक अन्य बिकल्प रहँदैन। निमको बोट रोपेर आँप फल्दैन ।’

सर्वोच्चले प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्दै २० मन्त्रीलाई पदमुक्त गरेको थियो । सर्वोच्चको आदेशपछि मन्त्रिपरिषद पाँच सदस्यमा सीमित भएको छ ।