पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि भारत लगिँदै
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ । स्वास्थ्यमा सुधार नभएपछि बुधबार दिउँसो खनाललाई दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि जेष्ठ ३१ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा खनाल भर्ना भएका थिए ।
अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ । खनाललाई ज्वरो आउने र रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको चिकित्कसले बताएका छन् । खनाल हालै मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए । यसअघि माघ ३० गते उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।