एमाले वरिष्ठ नेता खनाल अस्पताल भर्ना


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । अहिले उनको स्वास्थ्य स्थिति सामान्य रहेको र आरामको लागि थप केही दिन अस्पतालमै रहनुपर्ने उनको सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

अहिले उनको स्वास्थ्य स्थिति सामान्य रहेको तर आरामका लागि थप केही दिन अस्पतालमै रहनुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।