तराई मरुभूमिकरण गर्ने कार्य राप्रपालाई अस्वीकार्यः कमल थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य नहुने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत अध्यक्ष थापाले व्यापार घाटा न्यूनीकरणका लागि गिटी बालुवा निकासी गर्ने सरकारको नीति स्वीकार्य नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ’ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ । यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ । वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य हुँदैन।’