काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहोरालाई २४ घण्टे स्पष्टीकरण सोधका छन् ।
जेठ १२ गतेको संसदीय दलको बैठकमा सहभागी भई हस्ताक्षर गरेको निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै बोहोरालाई आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन भन्दै स्पष्टीकरण सोधिएको हो । बोहोरालाई संसदीय दलको बैठकमा भएका निर्णयविरुद्ध सञ्चार माध्यममा के–कति कारणले बोलेको भनी स्पष्टीकरण सोधिएको छ ।
प्रदेश संसदीय दलका नेता प्रकाश शाह माधव नेपाल पक्षका हुन् । वर्तमान प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भन्ने स्थायी कमिटीको बैठक निर्णयविपरीत शाहको नेतृत्वमा ७ जना एमाले सांसद सरकारमा गएका छन् । ओली पक्षको एमालेले ती मन्त्रीहरूलाई पनि स्पष्टीकरण सोधेको छ ।



प्रतिक्रिया