‘महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ !नभए भिरबाट खस्ने लाई राम राम’



काठमडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग रहेको आरोप लगाएका छन् ।

शुक्रबार साँझ सामाजिक संजालमार्फत परिस्थितिले सुध्रिने अन्तिम मौका दिएको बताएका छन् ।

उनले लेखेका छन्, ‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? प्रमले नै’म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आव्हान गर्ने । अब फेरि जालझेल !
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ । राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ।
महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!!नभए भिरबाट खस्ने लाई राम राम ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध

होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने प्रचण्डको विश्वास

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली

प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन-संवादः विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग