देउवा निवासमा वैकल्पिक सरकार गठनबारे तीन दल छलफलमा


काठमाडौँ । नयाँ सरकार गठनको विकल्पबारे कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष छलफलमा जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच छलफल भइरहेको छ ।

यसअघि कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । बैठकले संविधान, लोकतन्त्रको रक्षाका लागि अन्य दलहरूसँग सबै विकल्पमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । सरकार गठनको विकल्पबारे प्रचण्ड, नेपाल र देउवासहितका नेताहरूबीच छलफल भइरहेको हो । माओवादीले शुक्रबार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक पनि बोलाएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन्  ।