गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यही वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त गुरुङले यसअघिको सरकारमा सहभागी मन्त्रीलाई नै दोहोर्याएका छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र युवा तथा खेलकूदमन्त्री राजीव गुरुङलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइए पनि रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालले भने विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।
युवामन्त्री गुरुङ काठमाडौँमा हभएका कारण शपथमा सहभागी भएनन् । उनीहरूलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

प्रतिक्रिया