कर्णालीका दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ


कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् ।

कणालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसद विन्दमान विष्टलाई पनि मन्त्री बनाएका थिए । तर, आन्तरिक कारण नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य विष्टलाई शपथ नगराइएको बताइएको छ ।