सरकारका राम्रा कामलाई अन्देखा नगर्न विपक्षीलाई प्रधानमन्त्री ओलीको चेतावनी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरेका छन् । तेस्रो कार्यकालका लागि शपथग्रहणपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै प्रधानमन्त्रीले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गरे ।

महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उनले सचेत गराए । ओलीले अहिले स्वार्थको रोटी सेक्ने बेला नभएको बताए ।

उनले भने, ‘‘यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन । कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन । सरकारले कडाइका साथ कारवाही गर्नेछ ।’’ उनले आफूले सरकार बनाउन नसक्नेहरुले प्रतिगमन देख्ने गरेको आरोप लगाए ।

उनले भने, ‘आफूले सरकार बनाउन नसक्नु प्रतिगमन । नक्कली क्रान्तिकारी चस्माबाट हेर्छन्। र अहिले पनि जनतालाई। प्रतिगमनका पक्षमा लागौं भनेर बबण्डर गर्ने प्रयास भएको छ ।’

प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गरे। उनले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरुपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिए । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका थिए । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उनी प्रधानमन्त्रीमा पुनः नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘शेरा दरवार’ जग्गा प्रकरणमा प्रचण्डको नाम जोडेर प्रचार गरिएको भन्दै माओवादीको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा जोडिएका विकेश श्रेष्ठ

देशलाई सही मार्गमा ल्याउन अब नयाँ निकास आवश्यकः राप्रपा पूर्वअध्यक्ष लोहनी

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तासीन पार्टीहरूको

सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र प्राप्तिपछि विभिन्न जातजाति

जालझेलबाहेक ओलीजीको दिमागमा अरू केही छैनः प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन अभियान कांग्रेस र