काठमाडौं । संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखको उपस्थित विनै बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा छन् । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले शनिबारै आफू बैठकमा नजाने र अरु सदस्यलाई पनि नजान अनुरोध गरेका थिए । त्यस्तै माओवादी केन्द्रले पनि परिषदका सदस्यलाई बैठकमा नजान अनुरोध गरेको थियो ।
तर प्रधानन्यायाधीश भने बैठकमा सहभागी भएका छन् । यसअघिको नियुक्तिकाबारेमा अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै प्रधानन्यायाधीश जान नहुने तर्क कानुन व्यवसायीले गरेका थिए । आजको बैठकले अख्तियार र लोकसेवा आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्ने बताइएको छ ।

प्रतिक्रिया