काठमाडौं । नेपाली कांग्रेसले संख्या नपुगेसम्म प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता नगर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी बैठकले अविश्वास प्रस्ताव तत्काल अघि नबढ्ने निष्कर्ष निकालेको हो ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले पहल गरे पनि आफूहरुसँग पर्याप्त संख्या नपुगेको बताए । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव नराख्ने निधिले बताए ।
उनले भने, ‘प्रस्ताव फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ । हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं ।’ निधिले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय कार्यान्वयनका लागि पहल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया