८६ वटा राजनीतिक दललाई निर्वाचन आयोगको नौं बुँदे ध्यानाकर्षण


काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समयमा नै महाधिवेशन गरेर त्यसको विवरण उपलब्ध गराउनसहित नौ बुँदे ध्यानाकर्षण गराएको छ । आयोगको आइतबार बसेको बैठकले सबै राजनीतिक दललाई ध्यानाकर्षण गराएको हो ।

आयोगले समयमा नै लेखापरीक्षण प्रतिवेदन बुझाउनेदेखि साङ्गठनिक संरचना समानुपातिक समावेशी प्रतिनिधित्व गराउन ध्यानाकर्षण गराएको छ ।