काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई जानकारी गराएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार नै सो दलका नेता दीनानाथ शर्माले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई दिएका हुन् । सांसद खड्कालाई माओवादी केन्द्रले गत चैत २७ मा कारवाहीका लागि स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया