वैशाख १३ गतेका लागि गण्डकी प्रदेशको विशेष अधिवेशन आह्वान



पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ मा १ बजे बैठक बस्नेगरी अधिवेशनको आह्वान गरेका हुन् । आफूविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ को राति १२ बजे अधिवेशनको अन्त्य गरेका थिए ।

अधिवेशन अन्त्यबारे जानकारी नपाएका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्था अनुसार विशेष अधिवेशनको माग गरेका थिए । कांग्रेस, माओवादी केन्द्र, जनता समाज पार्टी र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टी सङ्गठनलाई व्यवस्थित गर्न एकीकृत समाजवादीमा केन्द्रीय सदस्यलाई जिम्मेवारी

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र

उपनिर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपनि मतमा सुधार भएको राप्रपाको निष्कर्ष, कमजोरी अध्ययन गर्न समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते भएको उपनिर्वाचनमा भएको कमजोरी अध्ययन

पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छः कोइराला

धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई

देशमा क्रमशः आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा