ओली सरकार पतनको संकेत कर्णाली प्रदेशबाट सुरु भयोः कांग्रेस नेता सिंह



स्याङ्जा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिवार आयोजित कार्यकर्ता भेटघाटमा नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका हुन् ।

अब नेपालको राजनीति फरक धारबाट बग्छ भन्ने स्पष्ट संकेत रहेको समेत उनले बताए । अहिले बहुमत पाएँ भन्दैमा ओलीले जथाभावी गर्न नपाउने भन्दै नेता सिंहले ‘ओली सरकारको पतन सुरु भएको बताए ।

असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको बैधानिकता समेत नहुने भन्दै नेता सिंहले ओलीले सत्ताको आडमा फिँजाएका जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरणको सुनिश्चितता गर्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका