रामपुर क्याम्पसमा भएको घटनाका दोषीमाथि कारबाही गर्न कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस, चितवनमा नेविसंघका विद्यार्थीहरुमाथि आक्रमण गर्नेहरुलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताहरुमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

प्रमुख सचेतक खाँणले जारी गरेको विज्ञप्तिमा हतियारसहित विद्यार्थीहरुमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मूकदर्शक बनेर बस्नु लज्जास्पद भएको उल्लेख छ । साथै, विश्वविद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउन आग्रह पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना