चार देशका राजदूतबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

युताका आवासीय र तथा अन्य देशका राजदूत गैरआवासीय हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव भरतराज पौड्याललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका