धरहरालाई देखाएर यहाँ डण्डी र सिमेन्टको भाउ बढाइयोः सांसद महत



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाइएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद महतले मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाइएको बताएका हुन् ।

उनले भने, ‘सभामुख महोदय, मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाइएको छ । धरहरालाई देखाएर यहाँ डण्डी र सिमेन्टको भाउ बढाइएको छ । विकास र समृद्धि देखाएर नुनतेल, चामल र दालको मूल्य बढाएर जनताको ढाड सेकिएको छ । पार्टीभित्रको विवाद देखाएर संसदको ढाड नै भाँचिएको छ ।’

उनले राष्ट्रवाद देखाएर चुच्चे नक्सा पनि गायब भएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । उनले भने, ‘पार्टीभित्रको झगडालाई देखाएर संसद्को ढाडै भाँच्ने काम भएको छ । कोरोना देखाएर ऋणले जनता डुबाइसकियाछ । राष्ट्रवाद देखाएर यहाँ चुच्चे नक्सा पनि गायब पारियो । अब यस्तो भइरहेको छ । सभामुखमार्फत यसमा सबै पार्टीको ध्यान जाओस् जनताको ध्यान जाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै