सरकार गठनका लागि पहल गर्नु कांग्रेसको बाध्यताः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन् ।

नेपाल दलित संघको आयोजनामा आइतबार काठमाडौमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले अदालतले संसद पुनःस्थापना गरेपछि पनि प्रधानमन्त्रीले संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको बताएका हुन् ।

सिंहले ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको र असंवैधानिक काम गरिरहेको आरोप लगाए । उनले भने, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। असंवैधानिक कामहरू गरिराखेको छ । हामीलाई सरकार बनाउने रहर होइन । पाँच वर्ष प्रतिपक्षमा बस्ने भनेको हो। तर यो सरकार अप्रजातान्त्रिक ढंगले अगाडि बढेपछि बाध्यता पर्यो।’ अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिई निष्पक्ष चुनाव गराउने उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना